महेश पोख्रेल

सि.डि.हा.जी. (उर्जा महाशाखा प्रमुख ) प्रवक्ता

ध्रुवराज पौडेल

सि.डि.ई (जलस्रोत तथा सिंचाई महाशाखा प्रमुख) गुनासो सुन्ने अधिकारी
हाम्रो बारे

मन्त्रालयको परिचय

नेपालको संविधान अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धतिको अवलम्बनसँगै प्रदेश भित्रका सडक, पूल, सिंचाइ, खानेपानी, ऊर्जा, आवास, भवन, शहरी विकास जस्ता पूर्वाधार आयोजनाहरुको तर्जुमा, कार्यान्वयन, अध्ययन, अनुसन्धान, अनुगमन तथा यातायात सम्बन्धी व्यवस्थापकीय कार्य गर्ने उद्देश्यले मिति २०७४/१०/१९ मा भौतिक पूर्वाधार विकास मन्त्रालयको स्थापना भएको हो ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०७५/०२/०६ को निर्णयानुसार यस मन्त्रालय अन्तर्गत एक यातायात पूर्वाधार निर्देशनालयका अतिरिक्त प्रादेशिक सडक, ग्रामीण सडक, आवास, भवन तथा शहरी विकास, जलश्रोत तथा ऊर्जा विकास, खानेपानी तथा सरसफाई, प्रशासन, योजना तथा अनुगमन गरी ६ वटा महाशाखा र विभिन्न ४७ वटा विषयगत कार्यालयहरु क्रियाशील रहेकोमा  प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०७८/०१/०६ को निर्णयानुसार यस मन्त्रालय अन्तर्गत एक यातायात निर्देशनालयका अतिरिक्त प्रादेशिक सडक, ग्रामीण सडक, जलश्रोत तथा ऊर्जा विकास, प्रशासन, योजना तथा अनुगमन गरी ४ वटा महाशाखा र विभिन्न ३० वटा विषयगत कार्यालयहरु क्रियाशील रही प्रदेशका १२ वटै जिल्लाहरुमा सेवा प्रदान गर्दै आइरहेका छन् ।   

पदाधिकारी / कर्मचारी
सुचना अधिकारी
कार्यक्रम